
काठमाडौं, १५ माघ । पछिल्लो साता सेयर बजार भारी अंकले घटेको छ । आइतबारदेखि बिहीबारसम्म भएको सेयर कारोबारमा नेप्से परिसूचक १५१.६१ अंकले घटेको हो ।
गत साताको अन्तिम दिन बिहीबार ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ बिन्दुमा पुगेर रोकिएको थियो भने यो साताको अन्तिम दिन झिनो अंकले बढेर २ हजार ७७९.९८ बिन्दुमा कायम भएको हो ।
साताको ४ कारोबार ओरालो लाग्दा बिहीबार भने झिनो अंकले बढेको थियो । अघिल्लो साता ७३.५९ अंकले बढेको नेप्से परिसूचक यो साता भने १५१.६१ अंकले गिरावट आएको हो ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२०.५१ बिन्दुमा झरेको थियो । त्यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंकले बढेको थियो । आइतबार कारोबारमा आएका २३२ कम्पनीको एक करोड ४७ लाख चार हजार कित्ता सेयर ७ अर्ब ३ करोड ८ लाख ८ हजारमा किनबेच भएको थियो ।
साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक ९८ अंकको घटेको थियो । त्यस दिन नेप्सेमा गिरावट आएर २ हजार ८२०.६५ बिन्दुमा झरेको थियो भने कारोबार भने आइतबारको तुलनामा बढेको थियो । सोमबार २२८ कम्पनीको १ करोड ७० लाख ६३ हजार कित्ता सेयर ८ अर्ब ८८ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार नेप्से परिसूचक ५.५९ अंक घटेर २ हजार ८१५.०६ बिन्दुमा झरेको थियो । कारोबार भएका २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर पाँच अर्ब ३९ करोड ५६ लाख ७२ हजार रुपैयाँमा किनबेच भएका थिए । साताको चौथो दिन बुधबार ३८.४२ अंकले घटेर नेप्से सूचक २ हजार ७७६.६१ बिन्दुमा झरेको थियो । बुधबार कारोबारमा आएका २३३ कम्पनीको ९३ लाख ५८ हजार ७०० कित्ता सेयर ४ अर्ब ३१ करोड ३१ लाख ५४ हजार ४२ रुपैयाँ बराबरको खरिद बिक्री भए ।
साताको अन्तिम कारोबारको दिन बिहीबार भने नेप्से परिसूचक सामान्य अंकले वृद्धि भएको थियो । बिहीबार परिसूचक ३.२९ अंकले वृद्धि भएर २ हजार ७६९.९३ अंकमा पुगेको हो । कारोबार भएका २२४ कम्पनीको ६६ लाख ५७ हजार २३१ कित्ता सेयर तीन अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँमा किनबेच भएको थियो ।
गत साता बजार पुँजीकरण ४१ खर्ब ४२ अर्ब ५३ करोड रुपैयाँ रहेको थियो । यो साता ३९ खर्ब २८ अर्ब ६३ करोड रुपैयाँमा झरेको हो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




