
वासिङ्टन, १५ माघ । अमेरिकी उप-विदेशमन्त्री वेन्डी शर्मन र फ्रान्स, जर्मनी, इटाली र बेलायतका कूटनीतिज्ञहरूले टिलिफोन वार्ता क्रममा सुरक्षा ग्यारेन्टी र नर्मन्डी ढाँचा बैठकमा रूसको प्रस्तावहरूको लिखित प्रतिक्रियाहरूबारे छलफल गरेका छन्।
विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले शुक्रबार बताएअनुसार सहभागीहरूले रूसलाई अमेरिका र नाटोको लिखित प्रतिक्रियाहरू, जनवरी २६मा पेरिसमा भएको नर्मन्डी ढाँचाको बैठक र कूटनीतिमा निरन्तर प्रतिबद्धताबारे छलफल गरेका छन् ।
उनीहरूले युक्रेनको सिमानामा रूसको अप्रत्याशित सैन्य निर्माणको सामनामा निरन्तर घनिष्ठ समन्वय र एकताको महत्त्वमा सहमत हुँदै युक्रेनमा थप सैन्य घुसपैठलाई द्रुत, गम्भीर र समन्वित नतिजाहरूको सामना गर्ने कुरा पुन: पुष्टि गरेको पनि बताइएको छ ।








काठमाडौं, ९ मङ्सिर। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले मुलुकको अर्थतन्त्र सबल तुल्याउन वर्तमान सरकारले…
काठमाडौं, ९ मंसिर । मंसिर महिनाको अन्त्यसम्ममा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ करोड २१…
काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद… 




