
काठमाडौं, १६ माघ । साताको पहिलो दिन सेयर बजार हरियाली देखिएको छ । अघिल्लो हप्ता भारी अंकले गिरावट आएको नेप्से यस हप्ताको पहिलो दिन ३.८० प्रतिशतले नेप्से बढेको छ ।
आइतबार सेयर कारोबार मापक नेप्से सूचक १०५.५५ अंकले बढेर २ हजार ८८५.५५ बिन्दुमा प्रवेश गरेको छ । आज ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.८१ अंकले बढेर ५३८.५३ बिन्दुमा प्रवेश गरेको हो ।
आज कारोबार रकम पनि उकालो लागेको छ । गत साताको अन्तिम कारोबारमा ३ अर्बको सेयर किनबेच भएकोमा आज ६ अर्ब करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँको सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आज कारोबार भएको २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर खरिदविक्री भएका हुन् ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको १३ उपसमूहहरु सबै उकालो लागेका छन् । त्योमध्ये पनि विकास बैंक, वित्त र लगानी उपसमूहका लगानीकर्ताले धेरै कमाएका छन् । विकास बैंक उपसमूहको सेयर ६.५६, वित्त ६.३४ र लगानी उपसमूह ६.३६ प्रतिशतले बढेको हो ।
आज बैंकिङ २.६०, होटल तथा पर्यटन ४.५८, जलविद्युत ५.६३, जीवन बिमा ३.४०, उत्पादनमुलक २.७२, लघुवित्त ३.२५, सामुहिक लगानी कोष ०.७५, निर्जीवन बिमा ३.३६, अन्य ३.८७ र व्यापार उपसमूहको सेयर ४.९८ प्रतिशतले बढेको हो ।
आज ४ कम्पनीको कारोबारमा सकारात्मक सर्किट लागेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्था, शिभश्री हाइड्रोपावर, लिवेट्री इनर्जी कम्पनी र निफ्राको सेयर १० प्रतिशतले बढेको हो भने वुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ ।








काठमाडं, ९ मङ्सिर. आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




