सोमबार घट्यो सुन र चाँदीको भाउ

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । सोमबार सुनचाँदीको भाउमा गिरावट भएको छ । उसाे त नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि हुने क्रम चलिनै रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने भाउको फेरबदलको कारण त्यसको प्रभाव पर्ने गरेको बताएको छ । यसदिन छापावाला सुनमा रुपैयाँ ४०० तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ ।

छापावाला सुनमा यसदिन रुपैयाँ ४०० ले गिरावट भई प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छपावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १० ले गिरावट भई प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।