प्रि-ओपन सेसनमा १० अंकले बढ्यो नेप्से, ७७ लाखको कारोबार

-



     सफल आवाज    
     माघ १७ गते २०७८ मा प्रकाशित



काठमाडौं, १७ माघ । साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १०.२४ अंकले बढेर २ हजार ८९५.७७ बिन्दुमा प्रवेश गरेको छ ।

सो सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.९१ अंकले बढेर ५४१.४४ अंकमा प्रवेश गरेको हो । ४९ कम्पनीको १६ हजार १९५ कित्ता सेयर ७७ लाख ८९ हजार ९६७ रुपैयाँमा खरिद विक्री भएको हो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएका १३ उपसमूहमध्ये अन्य समूह स्थिर र जीवन बिमा समूह माइनसमा गएका छन् भने बाँकी सबै उपसमूहहरुको सेयर उकालो लागेको छ ।