विश्वका २ करोड १० लाख ३१ हजार मानिस कोरोना मुक्त

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ भदौ । विश्वमा कोरोना भाइरसबाट संक्रमण भएका २ करोड १० लाख ३१ हजार १६ जना कोरोना मुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । हालसम्म ९ लाख २८ हजार २८७ जनाले ज्यान गुमाएका छन् । संक्रमित संख्या २ करोड ९१ लख ८५ हजार ७७९ पुगेको छ ।

कोरोना भाइरसका सक्रिय केसहरु ७२ लाख २६ हजार ४७६ वटा रहेका छन् । ७१ लख ६५ हजार ९९७ संक्रमितहरुको अवस्था सामान्य भईरहेको छ । ६० हजार ४७९ जनाको अवस्था गम्भिर रहेको छ ।

अहिलेसम्म कोरोनाको संक्रमण भएका देशहरुमा अमेरिका पहिलो पंक्तिमा रहेको छ । त्यहाँ ३९ लाख ७४ हजार ९४९ जना निको भएका छन् । ६७ लाख ८ हजार ४५८ जनामा संक्रमण भएकोमा १ लाख ९८ हजार ५२० जनाको ज्यान गएको छ ।

भारत दोश्रो धेरै संक्रमण भएको देश हो । त्यहाँ ३७ लाख ८० हजार १०७ जना निको भएका छन् । ४८ लाख ४६ हजार ४२७ जनामा संक्रमण भएको छ । ज्यान गुमाउनेको संख्या ७९ हजार ७५४ रहेको छ ।

ब्राजिल तेश्रो धेरै संक्रमण फैलिएको देशमा पर्छ । त्यहाँ ३५ लाख ७३ हजार ९५८ जना निको भएका छन् । ४३ लाख ३० हजार ४५५ जनामा संक्रमण भएको छ । ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६६३ पुगेको वर्ल्डओमिटर्स डट इन्फोले जनाएकाे छ ।