सुनको भाउमा सामान्य बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार सुनको भाउमा सामान्य रु १०० ले बृद्धि भएको छ । चाँदीको भाउमा भने कुनै फेरबदल भएको छैन । अर्थात आज चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा यसदिन रुपैयाँ १०० ले बृद्धि भई प्रतितोला ९१ हजाार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ८०० रपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ यसदिन स्थिर रहि प्रतितोला १ हजार २४० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमानै कारोबार भएको थियो ।