अब भारतले आफ्नै ‘डिजिटल कसेन्सी’ ल्याउने

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौं, १८ माघ । भारत सरकारले ‘डिजिटल करेन्सी’ ल्याउने भएको छ । विश्व अर्थतन्त्र नै क्रिप्टोकरेन्सीतर्फ गइरहेको समयमा बिटक्वाइनजस्ता डिजिटल करेन्सीको प्रयोग बढ्दै गइरहेको छ । यही विषयलाई मध्यनजर गर्दै भारत सरकारले आफ्नै डिजिटल करेन्सी ल्याउने घोषणा गरेको हो ।

आगामी आर्थिक वर्ष सन् २०२२/२३ को बजेट घोषणा गर्दै केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले यही वर्ष सन् २०२२ मा डिजिटल करेन्सी प्रचलनमा ल्याउने बताइन् । भारतको अर्थतन्त्रलाई डिजिटल बनाउने लक्ष्यसहित यस्तो कदम अगाडी बढाएको उनको भनाई छ ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)ले गत वर्षदेखि नै डिजिटल करेन्सी बनाउने तयारी थालेको थियो ।