मंगलबार १९ अंकले बढ्यो नेप्से, ६ अर्ब ५७ करोडको कारोबार

-



     सफल आवाज    
     माघ १८ गते २०७८ मा प्रकाशित



काठमाडौ, १८ माघ । साताको तेस्रो कारोबारमा नेप्से सूचक १९ अंकले बढेको छ । आज सेयर कारोबार मापक नेप्से परिसूचक १९.२६ अंकले बढेर २ हजार ८९१.३० बिन्दुमा प्रवेश गरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ३.९८ अंकले बढेर ५४२.९० अंकमा पुगेको हो ।

मंगलबार २२३ कम्पनीको १ करोड २१ लाख ६७ हजार ६०५ कित्ता सेयर ६ अर्ब ५७ करोड ४८ लाख ४२ हजार ४१८ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये ४ उपसमूहबाहेक सबैको सेयर उकालो लागेको छ । व्यापार, होटल तथा पर्यटन, उत्पादनमुलक र जीवन बिमाबाहेकका सबै उपसमूहको सेयर उकालो लागेको हो ।

आज बैंकिङ ५.२४, विकास बैंक ८१.५४, जलविद्युत १०९.९४, वित्त ३६.१२, जीवन बिमा ९१.८६, अन्य १, लघुवित्त ४९.५९, सामुहिक लगानी कोष ०.२३ र लगानी समूहको सेयर ०.११ अंकले बढेको छ । माइनसमा गएका व्यापार समूह ५.२५, होटल तथा पर्यटन २.६५, उत्पादनमुलक १३.०८ र जीवन बिमा १३.०६ अंकले घटेका छन् ।

आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावरको कम्पनीको कारोबार सकारात्मक सर्किटको लेभलमा कारोबार भएको छ ।