सुन तोलामा ५०० ले बढ्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० माघ । सुनचाँदीको कारोबार हुने पाचाैं दिन बिहिबार नेपाली बजारमा छापावाला सुनको भाउमा बृद्धि भएको छ । चाँदीको भाउ भने यसदिन स्थिर रहेको छ ।

छपावाला सुन तोलामा रुपैयाँ ५०० ले बृद्धि भएको छ भने चाँदी स्थिर रहि बुधबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा यसदिन रुपैयाँ ५०० ले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन बुधबार छपावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ७०० रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ यसदिन स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भईरहेको महासंघ्ले जनाएको छ ।