सिद्धार्थ इन्स्योरेन्सको लाभांश प्रस्ताव, बोनस सेयर कति ?

-



     सफल आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० माघ । सिद्धार्थ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।

मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब १२ करोड रुपैयाँको १५ प्रतिशतले हुन आउने १६ करोड ८० लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.७८ प्रतिशतले हुन आउने ८८ लाख ४२ हजार १०५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले वितरण गर्ने उक्त लाभांश बिमा समितिको स्वीकृतिपश्चात् साधारण सभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।