गोर्खाज फाइनान्सको सीईओमा सन्तोष घिमिरे नियुक्त

-



     सफल आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० माघ । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष घिमिरे नियुक्त भएका छन् । फाइनान्सको मंगलबार बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो ।

घिमिरेले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण लिइसकेका छन् । उनी यसअघि फाइनान्सको डेपुटी सीईओमा कार्यरत थिए । आगामी ४ वर्षको लागि घिमिरे सीईओको कार्यभार सम्हाल्नेछन् ।