साताको अन्तिम दिन १४ अंकले घट्यो नेप्से, कारोबार रकम साढे ८ अर्ब नाघ्यो

-



     सफल आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० माघ । साताको अन्तिम दिन सेयर बजार १४ अंकले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १४.५८ अंकले घटेर २ हजार ८७६.७५ अंकमा झरेको छ । आज ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३ अंकले घटेको छ । साताको अन्तिम दिन ३.२६ अंकले घटेर ५३९.६४ बिन्दुमा झरेको नेप्सेले जनाएको छ ।

बिहीबार २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता सेयर ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँमा किनबेच भएको छ । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहमध्ये आज जलविद्युत र निर्जीवन उपसमूहबाहेक सबैको सेयर ओरालो लागेको छ ।

जलविद्युत ६.७३ र निर्जीवन बिमा १२.१७ अंकले बढेको छ भने बैंकिङ ६.१८, व्यापार २२.८७, होटल तथा पर्यटन ३८.६४, विकास बैंक ५४.२९, वित्त ३३.३६, उत्पादनमुलक ७९.४१, अन्य ९.३, लघुवित्त ५२.७२, जीवन बिमा १७३.७४, सामुहिक लगानी कोष ०.०८ र लगानी समूह ०.५७ अंकले घटेको छ ।

आज पनि विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमा सर्किट लागेको छ । लघुवित्तको लगातार गएको हप्तादेखि दैनिक १० प्रतिशतले सेयरमूल्य बढिरहेको छ ।