
काठमाडौं, २० माघ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गरी भर्चुअल करेन्सी/कृष्टाे करेन्सी तथा नेटवर्क मार्केटिङ अन्तर्गतकाे काराेबार / व्यवसाय गैरकानूनी रहेकाे बताइसकेकाे छ ।
नेपालमा विदेशी विनिमय वा मुद्राकाे रुपमा भर्चुअल करेन्सी /कृष्टाे करेन्सीले मान्यता नपाएकाे सन्दर्भमा गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ काराेबार गर्दा ठगिने, अवैधािनक तरिकाले रकम विदेशीने र स्वदेसी पूँजी पलायन हुने भएकाेले यस्ताे कार्य गरेमा कारबाही हुने जनाइसकेकाे छ ।

यसैबीच, आउँदो शनिबार माघ २२ गते लोफा (लिटरेसी अफ फाइनान्स फोर अल) नामक संस्थाले सहजिकरणका लागि ‘कृप्टो टक’ कार्यक्रम आयोजना गर्न लागेकाे जानकारी दिएकाे छ। वास्तवमा यसका बारेमा जानकारी दिने उदेश्यले कार्यक्रम गर्न लागिएकाे बताइएकाे छ ।
कार्यक्रम ‘कृप्टो टक’ मा राष्ट्र बैंकका डाइरेक्टर तथा उप प्रवक्ता र सूचना अधिकारी नारायण प्रसाद पोख्रेलले कृप्टोका बारेमा बोल्ने भएका छन् । देशको अर्थतन्त्र तथा विविध विषयमा पोख्रेलले आफ्नो तथा राष्ट्र बैंकको धारणा व्यक्त गर्ने आशा गरिएको छ ।
बल्क चेन इन्जिनियर तथा साे क्षेत्रमा लामो समयदेखी अनुभव बटुलिरहेका विवेक कोइराला र कृष्ण दहालले पनि बोल्ने भएका छन् । उनीहरू रेड चिल्लिइस ल्याबका संस्थापक समेत हुन् । उक्त कार्यक्रम लोफाको आधिकारिक फेसबुक पेजबाट ठीक ११ बजे लाईभ हुने भएकाे छ । (Facebook Page Link: https://fb.me/lofanepal)
लिटरेसी अफ फाइनान्स फोर अल (लोफा) अर्थात् सबैका लागि वित्तीय साक्षरता, विद्यार्थीहरुद्वारा सञ्चालित एक गैर नाफामुखी संस्था हो। विशेष गरेर युवा विद्यार्थीहरूमाझ वित्तीय चेतनाको प्रवर्द्धन गर्नु संस्थाको मुख्य उद्देश्य रहेको जनाइएकाे छ ।
संस्थाले अर्थशास्त्र र वित्तीय क्षेत्रमा संलग्नता बढाउनका लागि भर्चुअल माध्यमबाट विभिन्न कार्यक्रमहरू गर्दै आएको छ। अहिलेको विषम परिस्थितिमा युवाहरू आकर्षित भएको कृप्टो करेन्सिबारेमा खास कुरा के हाे त भन्ने बारेमा जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएकाे बताइएकाे छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




