कोरोना संक्रमणबाट थप १४ जनाको निधन

-



     सफल आवाज    
     माघ २० गते २०७८ मा प्रकाशित



काठमाडौं, २० माघ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधीमा थप ३ हजार १७५ जना कोरोना संक्रमित थपिएका छन् । १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जना र २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जना गरी ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

अहिले देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ९५ हजार ६३ पुगेको छ ।