
काठमाडौं, २१ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आजदेखि सेयर निष्काशन तथा बिक्री खुल्ला भएको छ । संस्थाको ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता सेयर बिक्रीमा ल्याईएको हो ।
निष्काशन गरिएको ५ लाख २२ हजार कित्ता सेयरमध्ये ८ हजार कित्ता सेयर कर्मचारी र सर्वसाधारणको लागि छुट्याईएको छ । २६ हजार १०० कित्ता सेयर भने सामुहिक लगानी कोषका लागि रहेको छ ।
सर्वसाधारण लगानीकर्ताले ४ लाख ८७ हजार ९०० कित्ता सेयरका लागि आवेदन दिन पाउने भएका छन् । यसका लागि चाँडाेमा माघ २५ र ढिलोमा फागुन ६ गतेसम्म आवेदन पाईने भएको छ ।
लगानीकर्ताहरुले थोरैमा १० कित्तादेखि बढीमा ५ हजार २२० कित्ताका लागि आवेदन गर्न पाउनेछन् । लघुवित्तको अहिले चुक्ता पूँजी १० करोड ७८ लाख रहेको छ । सेयर बिक्रीपछि चुक्ता पूँजी १६ करोड पुग्नेछ ।
सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




