एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । काठमाडौंको नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधि, मास्क वितरण भइरहेको छ ।

लायन्स क्लब अफ काठमाडौं एभरेष्ट निम्सको सहकार्यमा अस्पतालमा शुक्रबार बिहानबाट सञ्चालन भइरहेको छ । शिविर एभरेष्ट अस्पताल, आयान हेल्थ केयर प्राइभेट लिमिटेड र अनमोल हेल्थ केयरको सहयोगमा सञ्चालन भएको हो । उक्त शिविर आज दिउँसो ३ बजेसम्म सञ्चालन हुनेछ ।

शिविरमा विशेषज्ञ चिकित्सकहरु डा. राम नारायण शाह, डा. निवेश पौडेल र डा. सरोज गौडेलले निशिुल्क स्वास्थ्य परीक्षण गर्नेछन् । साथै ल्याबमा पनि ३० प्रतिशत छुट दिइनेछ भने फार्मेसीमा १० प्रतिशत र अन्यमा ३० प्रतिशत छुट दिनेसमेत अस्पतालले जनाएको छ ।