अमेरिकी डलरको मूल्य १२० रुपैयाँ पुग्यो, अन्य देशको विनिमयदर कति ?

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ४८ पैसा पुगेको छ भने बिक्रीदर १२०.०८ रुपैयाँ कायम भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.४४ रुपैयाँ पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६१.८३ रुपैयाँ र बिक्रीदर १६२.६४ रुपैयाँ कायम छ ।

आज कतारी रियालको एकको खरिददर ३२.८२ रुपैयाँ र बिक्रीदर ३२.९८ रुपैयाँमा कारोबार भइरहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आज जापानी येन आज १० को खरिददर नेपाली १०.४१ रुपैयाँ र बिक्रीदर १०.४६ रुपैयाँ कायम भएको छ । साउदी अरबीयन रियाल एकको खरिददर ३१.८५ रुपैयाँ र बिक्रीदर ३२.०१ रुपैयाँ छ ।