१७.९९ प्रतिशतले बढ्यो सानिमा माई हाइड्राेपावरको खुद नाफा

-



     सफल आवाज    
     माघ २१ गते २०७८ मा प्रकाशित



काठमाडौं, २१ माघ । सानिमा माई हाईड्रोपावर लिमिटेडले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा ३७ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीको सार्वजनिक भएको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार गएको वर्षकोभन्दा ३७ करोड १४ लाख रुपैयाँ बढी खुद नाफा भएको छ । जो नाफा १७.९९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ४८ लाख गुमाएको थियो ।

कम्पनीले विद्युत बिक्रीबापत ५७ करोड ६५ लाख रुपैयाँ कमाएको छ । अघिल्लो पटककोभन्दा यसपाली कम्पनीको ५.४९ प्रतिशतले नाफा बढेको हो । गएको वर्षमा कम्पनीको बिद्युत बिक्रबापतको कमाई ५४ करोड ६५ लाख रुपैयाँ थियो ।

कम्पनीको चुक्ता पूँजी ३ अर्ब ८ करोड रहेको छ । प्रतिसेयर आम्दानी बढेर १२ रुपैयाँ.०२ पैसा पुगेको छ । गएको वर्ष सोहि अवधिमा प्रतिसेयर आम्दानी ११ रुपैयाँ २१ पैसा रहेको थियो ।