कोरोनाबाट एकै दिन १५ जनाको मृत्यु

-



     सफल आवाज    
     भाद्र २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ भदौ । नेपालमा एकै दिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । एकै दिनमा यति ठूलो संख्यामा मृत्यु भएको पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालय प्रवक्ता प्राडा जागेश्वर गौतमले गएको २४ घण्टामा देशका विभिन्न स्थानमा गरी १५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । मृत्यु हुनेमा ५ महिला र १० पुरुष छन् ।

काठमाडौंकी ६१ वर्षीया, गोरखाकी ६३, नवलपरासीकी ६२ वर्षीया, पर्साकी ५५ वर्षीया र कपिलबस्तुकी ४७ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

यस्तै, पुरुषहरुमा मोरङका ४० र ७०, काठमाडौंका ७७, ६२, ७३, ८५, ७० ललितपुरका ५५, भक्तपुरका ७३ र रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या संख्या ३ सय ६० पुगेको छ । संक्रमित हुनेहरुबाट मृत्यु हुने शून्य दशमलब ६५ प्रतिशत छ ।