
काठमाडौं, २३ माघ । साताको पहिलो दिन नेप्से १.४१ प्रतिशतले घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ४०.५७ अंकले घटेर २ हजार ८३६.१७ अंकमा झरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ७.७३ अंकले घटेर ५३१.९२ अंकमा झरेको हो । आइतबार ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँको सेयर खरिदविक्री भएको छ । २२८ कम्पनीको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयर किनबेच भएको हो । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहहरु नै आज ओरालो लागेका छन् ।
आज सबैभन्दा बढी जीवन बिमाअन्तर्गतको सेयर ओरालो लागेको छ । आज जीवन बिमाका लगानीकर्ताले ३.५७ प्रतिशत गुमाएका छन् । नेप्सेका अनुसार आज नेपाल हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो कम्पनीको सेयर आज ८ प्रतिशतले बढेको हो भने सबैभन्दा बढी विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । लगातार सकारात्मक सर्किट लागेको लघुवित्तमा आइतबार भने नकारात्मक सर्किट लागेर कारोबार बन्द भएको हो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




