
काठमाडौं, २३ माघ । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार सेयर बजार राताम्मै भएको छ । सेयर बजारमा आएको यसदिनको करेक्सनले फेरि लगानीकर्ताहरुलाई निरास बनाएको छ ।
नेपाल स्टक एक्सेचन्जका अनुसार नेप्से परिसूचक ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा झरेको छ । नेप्सेमा १.४१ प्रतिशतले गिरावट भएको छ । सेन्सेटिभ इण्डेक्स ७.७३ अंकले घटेर ५३१.९२ विन्दुमा रहेको छ ।
२२८ कम्पनीको सेयर कारोबार भएको छ । १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता सेयरको खरिदबिक्रीबाट ५ अर्ब त्रियासी करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको छ ।
तेह वटै उपसमूह राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार २८३ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।










झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




