रु ९०० ले घट्यो सुनको भाउ, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार छपावाला सुनको भाउमा गिरावट भएको छ ।चाँदीको भाउमा सामान्य बृद्धि भएको छ । यसदिन छपावाला सुनमा रुपैयाँ ९०० ले घटेको छ भने चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार छापावाला सुनमा रुपैयाँ ९०० ले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बृद्धि भएर प्रतितोला १ हजार २५५ रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदीको भाउ प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।