
काठमाडौं, २४ माघ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य अंकले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा नाफा १.१७ प्रतिशत बढेर ५ करोड ३० लाख ८९ हजार रुपैयाँ पुगेको हो ।
गत आर्थिक वर्ष २०७७/७८ को सोही सोही अवधिमा कम्पनीको नाफा ५ करोड १९ लाख ६१ हजार रुपैयाँ पुगेको थियो । चालू आवको पहिलो ६ महिनामा कम्पनीको खुद बिमा शुल्क ४३.६३ प्रतिशत बढेर ६७ करोड ९१ लाख ५१ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधीमा ४७ करोड २८ लाख ७६ हजार रुपैयाँ बिमाशुल्क आर्जन गरेको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । विवरणअनुसार कम्पनीको जगेडा कोष ३७.४६ प्रतिशत बढेर २० करोड २८ लाख ३० हजार रुपैयाँ पुगेको छ भने जीवन बिमा कोष ५३ प्रतिशत बढेर १ अर्ब ७३ करोड ७४ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




