ग्लोबल आइएमई लघुवित्तको व्यवस्थापन सम्मेलन सम्पन्न

-



     सफल आवाज    
     माघ २४ गते २०७८ मा प्रकाशित



काठमाडौं, २४ माघ । ग्लोबल आइएमई लघुवित्तले व्यवस्थापन सम्मेलन सम्पन्न गरेको छ । पोखराको लेकसाइडस्थित टीका रिसोर्टमा मा माघ २२ र २३ गते सञ्चालन भएको उक्त कार्यक्रमलाई वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा स्टेशन प्रमुखहरुले आ.व २०७८/७९ को अर्धवार्षिक समीक्षा गर्दै कार्य विस्तारका क्रममा भोगेका समस्या, चुनौती र आगमी रणनीतिहरु प्रस्तुत गर्दै स्टेशनको लक्ष्य अनुसारको प्रगति हासिल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रम समापनका क्रममा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पूरा गर्ने उत्कृष्ट स्टेशन प्रमुखहरुलाई प्रशंसा पत्र प्रदान गर्दै वित्तीय संस्थाले हाल भोग्नुपरेका समस्या साथै लघुवित्तको चुनौती तथा अवसरहरुको बारेमा जानकारी गराएको थिए । उनले वित्तीय संस्थाको चालू त्रैमासको लक्ष्य प्राप्तिका रणनीतिसँगै सफलताको शुभकामना दिएका थिए ।

कार्य सञ्चालन विभाग प्रमुख सुदीप आचार्यले सञ्चालन गरेको उक्त कार्यक्रममा वित्तीय संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरु लगायत १५ जना स्टेशन प्रमुखहरुको सहभागिता रहेको थियो ।