
काठमाडौं, २५ माघ । प्रुडेन्शियल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३६८ प्रतिशत नगद लाभांश गरि कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजा ५६० रुपैयाँको ७ प्रतिशत बोनस सेयर अर्थात् ७ करोड ७५ लाख ९८ हजार २५९ रुपैयाँ र उक्त बोनस सेयर कर प्रयोजनार्थ ०.३६८५ नगद लाभांश अर्थात् ४० लाख ८४ हजारर ११९ रुपैयाँ वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो प्रस्ताव बिमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेर लगानीकर्ताले प्राप्त गर्नेछन् ।









झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




