
साताको तेस्रो कारोबारमा नेप्से सूचक १६ अंकले घटेको छ । सोमबार १५ अंकले बढेको सेयर बजार मंगलबार भने त्यही अंक फेरि घटेको छ । सोमबार नेप्से सूचक १५.६९ अंकले बढेर २ हजार ८५१.८६ बिन्दुमा प्रवेश गरेको थियो । नेप्से सूचकसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.०५ अंकले बढेर ५३५.३२ अंकमा प्रवेश गरेको थियो ।
आज भने नेप्से सूचक १६.३० अंकले घटेर २ हजार ८३५.५८ अंकमा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.८२ अंकले घटेर ५३२.४९ बिन्दुमा झरेको हो । आज कारोबार रकम भने बढेको सोमबार ५ अर्बको कारोबार भएकोमा आज ६ अर्ब २८ करोड ७२ लाखको सेयर किनबेच भएको छ ।
मंगलबार २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता सेयर खरिदबिक्री भएको हो । आज ५ उपसमूहबाहेक सबैको सेयर ओरालो लागेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




