
काठमाडौं, २५ माघ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको नाफा ९५.६४ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा इन्स्योरेन्सको खुद नाफा ९५.६४ प्रतिशत बढेर ५ करोड ८० लाख ७८ हजार रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २ करोड ९६ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालू आवको ६ महिनामा कम्पनीको खुद बिमा शुल्क ७३.२७ प्रतिशतले बढेको छ । विवरणअनुसार ७३.२७ प्रतिशतले बढेर १४ करोड ८१ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ५५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि ३.४१ प्रतिशतले बढेको छ । विवरणअनुसार ३ करोड ५५ लाख ६ हजार रुपैयाँ दाबी भुक्तानी पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीले २ करोड १७ लाख ६४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब रुपैयाँ, जगेडा कोष ७७.०८ प्रतिशत बढेर ११ करोड १८ लाख रुपैयाँ ४ हजार रुपैयाँ, बिमा कोष ७०.४२ प्रतिशत बढेर १२ करोड १८ लाख १५ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोष ६ करोड ३१ लाख ३६ हजारु रुपैयाँ र बिमा कोष ७ करोड १४ लाख ७८ हजार रुपैयाँ थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




