रिलायबल लाइफको नाफा सामान्य बढ्यो, खुद बिमा शुल्क ४६ प्रतिशतले वृद्धि

-



     सफल आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ माघ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नाफा सामान्य बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक परिष्कृत वित्तीय विवरणमा इन्स्योरेन्सको खुद नाफा १.४४ प्रतिशत बढेर १८ करोड ५ लाख ११ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले १७ करोड ७९ लाख ४५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

विवरणअनुसार कम्पनीले खुद बिमा शुल्क ४६.२३ प्रतिशत बढेर १ अर्ब ९२ करोड ९८ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब ३१ करोड ९७ लाख ५ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

खुद दाबी भुक्तानी पनि ३०.५४ प्रतिशत बढेको छ । समिक्षा अवधीमा ३०.५४ प्रतिशत बढेर २४ लाख १८ हजार रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले ३० करोड ८२ लाख ५० हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४० करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष २५.६९ प्रतिशत बढेर १ अर्ब ६० लाख १ हजार रुपैयाँ पुगेको हो । जीवन बिमा कोष ८९.२८ प्रतिशत बढेर ३ अर्ब ६१ करोड ३१ लाख ६१ हजार रुपैयाँ पुगेको हो ।