थप १ हजार ९५७ मा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

-



     सफल आवाज    
     माघ २५ गते २०७८ मा प्रकाशित



काठमाडौं, २५ माघ । मुलुकभर पछिल्लो २४ घण्टामा थप १ हजार ९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारको तुलनामा यो ३८७ जनाले बढी हो । सोमबार १ हजार ५७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा १२ हजार ६९२ नमूनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण गरिएको थियो । पीसीआर विधिबाट गरिएको ८ हजर ५८७ परीक्षणमा एक हजार १८४ र चार हजार १०५ एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार १०३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख २० हजार ५९२ पुगेको छ । नेपालमा निको हुने दर ९५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६८ हजार ६११ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३५ हजार ६०५ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको संख्या ५२ लाख ९१ हजार ९५९ र एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ९ लाख ९९ हजार ४८१ पुगेको छ । मुलुकमा कुलमा संक्रमण दर १८.३ प्रतिशत रहेको छ ।

कोभिड विरुद्धको खोप लगाउनेको संख्या पछिल्लो २४ घण्टामा दुई लाख ७३ हजार ३४९ रहेको छ । मुलुकभर हाल सक्रिय संक्रमितको संख्या ३६ हजार १८१ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८३८ पुगेको छ ।