उकालो लाग्दै सुनचाँदीको भाउ, कारोबार कतिमा हुँदैछ ?

-



     सफल आवाज    
     माघ २६ गते २०७८ मा प्रकाशित



काठमाडौं, २६ माघ । साताको सुनचाँदीको खरिदबिक्री हुने चौथो दिन बुधबार आज पनि नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाला सुनमा यसदिन रुपैयाँ ३०० तथा चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनमा रुपैयाँ ३०० ले बृद्धि भएर प्रतितोला ९३ हजार ४०० रुपैयाँ कारोबार भईरहेको छ । यसअघि मंगलबार छपावाला सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँ तोकिएको थियो ।

तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बृद्धि भई प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।