सानिमा लाइफ इन्स्योरेन्सको खुद नाफा ६९ प्रतिशतले बढ्यो, चुक्ता पुँजी कति ?

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ६९.३५ प्रतिशले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा ६९.३५ प्रतिशत बढेर ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीको खुद नाफा ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ थियो ।

विवरणअनुसार चालू आवको पहिलो ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन २१.५२ प्रतिशत बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको हो भने गत आवको सोही अवधीमा कम्पनीले खुद बिमा शुल्क ९५ करोड ६३ लाख ४३ हजार रुपैयाँ रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीको खुद दाबी भुक्तानी १३७.६५ प्रतिशत बढेर १३ करोड ८३ लाख ९५ हजार रुपैयाँ गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले ५ करोड ८२ लाख ३४ हजार रुपैयाँ पुगेको थियो । चालू आवको पहिलो ६ महिनाको अवधीमा कम्पनीको चुक्ता पुँजी ४२.८५ प्रतिशत बढेको छ । विवरण अनुसार यस अवधीममा कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुगेको छ भने जगेडा कोष ९३.२८ प्रतिशत बढेर ३३ करोड २३ लाख ४६ हजार रुपैयाँ हो ।