विश्वमा कोरोनालाई जित्नेहरु २ करोड १२ लाख ८० हजार १९३

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० भदौ । विश्वमा कोरोना भाइरसको संक्रमणलाई जित्नेहरुको संख्या २ करोड १२ लाख ८० हजार १९३ पुगेको छ ।

२ करोड ९४ लाख ४५ हजार ८४७ जनामा संक्रमण भएको छ भने ९ लाख ३२ हजार ७४६ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाका सक्रिय केसहरु ७२ लाख ३२ हजार ९०८ रहेका छन । ७१ लाख ७२ हजार ११० जनाको अवस्था सामान्य हुँदैछ । ६० हजार ७९८ जनाको अवस्था गम्भिर रहेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको अमेरिकामा ४० लाख २७ हजार ८२६ जना निको भएका छन् । त्यहाँ १ लाख ९९ हजार ले ज्यान गुमाएका छन् । संक्रमित संख्या ६७ लाख ४९ हजार २८९ रहेको छ ।

भारतमा ३८ लाख ५९ हजार ३९९ जना निको भएका छन् । ८० हजार ८०८ जनाको ज्यान गएको छ । त्यहाँ ४९ लाख ३० हजार २३६ जनामा कोरोना संक्रमण भएको छ ।

कोरोना प्रभावित भएको तेश्रो पंक्तिमा रहेको देश ब्राजिलमा ३६ लाख १३ हजार १८४ जना निको भएका छन् । १ लाख ३२ हजार ११७ जनाको ज्यान गएको छ । ४३ लाख ४९ हजार ५४४ जनामा संक्रमण भएको वर्ल्डओमिटर्स डट इन्फोले जनाएको छ ।