थप १ हजार ३६९ जनामा कोरोना संक्रमण, १२ जनाको निधन

-



     सफल आवाज    
     माघ २७ गते २०७८ मा प्रकाशित



काठमाडौं, २७ माघ । पछिल्लो २४ घण्टामा १ हजार ३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८८० पीसीआर परीक्षणमा १ हजार १३ जना र ३ हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी १ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार २३८ कोरोना संक्रमणमुक्त हुँदा संक्रमणमुक्त हुनेको कुल संख्या नौ लाख ३० हजार ६०७ जना छन् । कोरोना संक्रमणका कारण थप १२ जनाको निधन भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ ।