
काठमाडौं, २८ माघ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले यस आर्थिक वर्षको दोश्रो त्रैमाससम्म आउँदा नाफामा सुधार गरेको छ ।
कम्पनीको दोश्रो त्रैमाससम्मको सार्वजनिक भएको वित्तीय विवरण अनुसार कम्पनीको नाफा गएको वर्षकोभन्दा यो अवधिमा केहि बढेको हो ।
यस आर्थिक वर्षको पुस अन्तिमसम्म कम्पनीको खुद नाफा ४५ करोड छत्तिस लाख ४४ हजार रहेको छ । यो नाफा गएको वर्षको सोहि अवधिकोभन्दा ५.९१ प्रतिशत बढी हो । गएको वर्षको कम्पनीको सोहि अवधिको नाफा ४२ करोड ८३ लाख १८ हजार रहेको थियो ।
कम्पनीको ग्राहक सम्झौता आम्दानी ५७.९१ प्रतिशत बढेको छ । वित्तीय आम्दानी २.१३ प्रतिशत बढेको छ । समिक्षा अवधिमा कर अघिको नाफा २.१३ प्रतिशत बढेको छ ।
कम्पनीले सेयर लिलामीबाट प्रिमियमबापत ५० करोड ४० लाख संकलन गरेको छ । संस्थापक समुहको वितरण नभएको तीन अर्ब तीस करोड बराबरको हकप्रद सेयर लिलामी बिक्रीको प्रक्रियामा रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रूपैयाँ १९ पैसाबाट घटेर ४ रुपैयाँ ८५ पैसा भएको छ । पुसको अन्तिमसम्म कम्पनीको मूल्य आम्दानी रेसियो ६९.५८ प्रतिशत रहेको छ । प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ तीन पैसा रहेको छ ।








काठमाडं, ९ मङ्सिर। आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वका विभिन्न…
धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको… 




