आइएमई जनरल इन्स्योरेन्सको नाफा १९ प्रतिशतले घट्यो, चुक्ता पुँजी कति ?

-



     सफल आवाज    
     माघ २८ गते २०७८ मा प्रकाशित



काठमाडौं, २८ माघ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको नाफा १९ प्रतिशतले घटेको छ ।

इन्स्योरेन्सको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार इन्स्योरेन्सको खुद नाफा १९.२३ प्रतिशत घटेर १२ करोड १३ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक वर्षको सोही अवधीमा कम्पनीको नाफा १५ करोड २ लाख ६६ हजार रुपैयाँ थियो ।

चालू आवको पहिलो ६ महिनामा कम्पनीको खुद बिमा शुल्क आर्जन ३.४० प्रतिशत बढेर ३७ करोड ६३ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधीमा कम्पनीको खुद बिमा शुल्क ३६ करोड ३९ लाख ३४ हजार रुपैयाँ थियो । विवरणअनुसार कम्पनीको खुद दाबी भुक्तानी ५१.२३ प्रतिशत बढेर १३ करोड ७२ लाख १५ हजार रुपैयाँ पुगेको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ९ करोड ७ लाख ३४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी ७ प्रतिशत बढेर १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।