मेयर दम्पतीमा कोरोना संक्रमण पुष्टि

-



     सफल आवाज    
     भाद्र ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० भदौं । ललितपुरको महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठलाई कोराना संक्रमण पुष्टि भएपछि उनको ग्वार्खोस्थित किस्ट अस्पतालमा उपचार भइरहेको छ । मेयर श्रेष्ठको श्रीमतीमा समेत कोरोना पुष्टि भएको भन्दै अस्पतालले दुबै जनाको उपचार सुरु भएको जानकारी दिएको छ ।

कोरोनाको आशंकामा श्रेष्ठको स्वाब परीक्षण गर्दा गएराति संक्रमण पुष्टि भएको थियो । यस्तै श्रीमतीमा समेत कोरोना पुष्टि भएसँगै श्रेष्ठले आफ्नो सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।