इमर्जिङ नेपालको आईपीओमा ४०.५८ गुणा ओभरसब्सक्राइब्ड, कति पर्यो आवेदन ?

-



     सफल आवाज    
     माघ २९ गते २०७८ मा प्रकाशित



काठमाडौं, २९ माघ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि बिक्रीमा ल्याएको आईपीओमा तेश्रो दिनसम्म १८ लाख २ हजार १८२ आवेदन परेका छन् । सेयर निष्काशन भएको तेश्रो दिनसम्म आउँदा ४०.५८ गुणा ओभरसब्सक्राइब्ड भएको छ ।

ति आवेदनलाई हेर्दा दुई करोड ९ लाख ६९ हजार १९० कित्ता सेयरको माग गरिएको छ । यो बिक्रीका लागि माग गरिएको भन्दा ४०.५८ गुणा बढी हो ।

माघ २६ गते कम्पनीले ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको थियो । रु १०० मूल्य अंकित दरमा ५ लाख ५५ हजार ६०० कित्ता जारि भएको हो ।

कुल आईपीओबाट ११ हजार ११२ कित्ता सेयर कर्मचारीको लागि, २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि रहेको छ । सर्वसाधारणले ५ लाख १६ हजार ७०८ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले घटिमा १० तथा बढीमा १ हजार कित्ताका लागि आईपीओमा फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् । मागभन्दा बढी आवेदन परेकोले सेयर बाँडफाँड गोलाप्रथाबाट हुने भएको छ । साढे ५१ हजार बढी लगानीकर्ताले १० कित्ताको दरले सेयर पाउने भएका छन् ।