प्रि-ओपन सेसनमा १७ अंक घट्यो नेप्से, १ करोड ४५ लाखको कारोबार

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ फागुन । साताको पहिलो कारोबारको प्रि ओपन सेसनमा सेयर बजार दोहोरो अंकले घटेको छ । सो सेसनमा सेयर कारोबार मापन नेप्से परिसूचक १७.६८ अंकले घट्दा २ हजार ७८३.८८ अंकमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार प्रि-ओपन सेसनमा ७० कम्पनीको २० हजार ८१३ कित्ता सेयर १ करोड ४५ लाख ५९ हजार ५४६ रुपैयाँमा किनबेच भएको छ ।