एकैदिन रु १५०० ले बढ्यो सुनको भाउ, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आज आईतबार सुनचाँदीको भाउ ह्वात्तै बढेको छ ।
छापावाला सुनमा एकैदिन रुपैयाँ १५०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छपावाला सुनमा एकैदिन रुपैयाँ १५०० ले बृद्धि भएर तोलाको ९५ हजार ५०० रुपैयाँ तोकिएको छ । यसअघि शुक्रबार छपावाला सुन तोलाको रुपैयाँ ९४ हजार तोकिएको थियो ।

यसदिन तेजाबी सुन तोलाको ९५ हजार रुपैयाँ तोकिएको छ । शुक्रबार तेजाबी सुनको भाउ तोलाको रुपैयाँ ९३ हजार ५०० तोकिएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बृद्धि भएर तोलाको १ हजार ३०० रुपैयाँ पुगेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।