
काठमाडौं, १ फागुन । नेपाल टेलिकमको ३ अर्ब ८९ करोडभन्दा बढी रुपैयाँले बढेको छ । टेलिकमको चालू आवको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार गत आवको तुलनामा चालू आवमा १८.४९ अंकले नाफा बढेको हो ।
गत वर्ष ३ अर्ब २८ करोड ९३ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएको टेलिकमको चालू आवमा ६० करोड ८४ लाख ८१ हजार रुपैयाँ ९१८.४९ प्रतिशत०ले वृद्धि भएर ३ अर्ब ८९ करोड ७८ लाख ७५ हजार रुपैयाँ पुगेको छ । कम्पनीले टुजी तथा थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत ती सेवाहरुको पहुँच विस्तार हुँदा ग्राहक आधार वृद्धि भएको बताएको छ ।
कम्पनीको कुल सञ्चालन आय ८.३६ प्रतिशतले बढेको छ । गत वर्षको पहिलो ६ महिनामा १७ अर्ब ७२ करोड ४९ लाख १३ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्ममा १ अर्ब ४८ करोड २३ लाख ३ हजार (८.३६ प्रतिशत) बढेर १९ अर्ब २० करोड ७२ लाख १६ हजार पुगेको हो । त्यससँगै कम्पनीको कुल आय ६.८७ अंकले बढेको छ ।
गत आवको पहिलो ६ महिनामा कम्पनीको कुल आय २० अर्ब ५७ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेकोमा चालू आवको सोही अवधिसम्ममा कुल आय १ अर्ब ४१ करोड ३२ लाख ६३ हजार रुपैयाँ अर्थात् ६.८७ प्रतिशतले बढेर २१ अर्ब ९८ करोड ९१ लाख ८८ हजार रुपैयाँ पुगेको छ ।
कुल सञ्चालन आय पनि गत वर्षको तुलनामा ३.७७ प्रतिशतले बढेको छ । गत आवको पहिलो ६ महिनामा ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार रुपैयाँ कुल सञ्चालन आय रहेकोमा चालू आवको सोही अवधिमा ३४ करोड २३ लाख ४९ हजार रुपैयाँ बढेर ९ अर्ब ४३ करोड १९ लाख २३ हजार रुपैयाँ पुगेको छ ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




