साताको पहिलो दिन सेयर बजार राताम्य, २७०० अंकमा झर्‍यो नेप्से

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



काठमाडौं, १ फागुन । साताको पहिलो दिन सेयर बजारमा भारी अंकले गिरावट आएको छ । गएको हप्ता लगातार ओरालो लागेको नेप्से यस हप्ताको पहिलो दिन पनि राताम्य भएको छ

आइतबार नेप्से ३.६१ प्रतिशतले घटेर २ हजार ७ सय अंकमा झरेको हो । सेयर कारोबार मापक नेप्से परिसूचक आज १०१.२४ अंकले घटेर २ हजार ७००.३२ अंकमा झरेको हो । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ अंकमा झरेको हो ।

आज २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँमा सेयर किनबेच भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत १३ उपसमूहको सबैको सेयर ओरालो लागेको छ । आज सबैभन्दा बढी जलविद्युत कम्पनीका सेयर लगानीकर्ताले गुमाएका छन् भने लगानी समूहअन्तर्गतका सेयर लगानीकर्ताको सेयर ५.०३ प्रतिशतले ओरालो लागेको छ । आज सबैभन्दा बढी अपर तामाकोसीको सेयर घटेको छ । अपर तामाकोशीको सेयर आज ८.३७ प्रतिशतले घटेको हो ।