
काठमाडौं, १ फागुन । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको नाफा ५.२६ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरणमा इन्स्योरेन्सको खुद नाफा ७ करोड ७९ लाख ५० हजार रुपैयाँ पुगेको हो । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ४० लाख ५१ हजार रुपैयाँ कमाएको थियो ।
कम्पनीको खुद नाफासँगै खुद बिमा शुल्क पनि बढेको छ । विवरणअनुसार खुद बिमा शुल्क ३२.२६ प्रतिशतले बढेर १ अर्ब ५९ करोड ७६ लाख ६६ हजार रुपैयाँ पुगेको हो । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २० करोड ७९ लाख ६५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८१.६१ प्रतिशत बढेर ३७ करोड ९६ लाख ५० हजार रुपैयाँ गरेको छ भने गत वर्षको सोही अवधिमा २० करोड ९० लाख ३८ हजार रुपैयाँ खुद दाबी भुक्तानी थियो ।








धनगढी, ९ मङ्सिर। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय धनगढीले कैलालीका छवटा खरिद…
रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व… 




