फागुन ७ देखि पाेखरामा कपाल,छाला तथा यौनरोग उपचार केन्द्र संचालन हुदैं

-



     सफल आवाज    
     फागुन १ गते २०७८ मा प्रकाशित



पोखरा,१ फागुन । पोखराकाे १० इन्द्रचोकमा आरोग्यम कपाल,छाला तथा यौन रोग उपचार केन्द्र यहि फागुन ७ गते शनिबारबाट संचालनमा आउने भएको छ । यस केन्द्रमा विशेषज्ञ चिकित्सकबाट कपाल प्रत्यारोपण तथा कपाल सम्बन्धि सम्पुर्ण उपचारको व्यवस्था गरिने व्यवस्था मिलाइएको बताइएकाे छ ।

यहाँ छालाका विभिन्न रोगहरुका साथै यौन रोगको पनि नियमित परिक्षण तथा उपचार हुने कपाल,छाला तथा यौनरोग उपचार केन्द्र पाेखराका संचालक डा विष्णु चापागाईले जानकारी दिएका छन ।

कपालमा हुने विभिन्न समस्याहरु जस्तै समय अगाडि कपाल फुल्ने, तालु भएको ,कपाल झर्ने,टाउकोमा टाटु परेको,पातलो भएको,चाया पर्ने,जुम्रा पर्ने,टुक्रा परेर झर्ने, कपाल नराम्रो देखिने,झुसिलो देखिने,कपालका कुनैपनि समस्या भएमा,कपाल रोप्नु परेमा,कपाल राख्नु परेमा यस उपचार केन्द्रबाट सेवा उपलब्ध हुने बताइएकाे छ ।

काठमाडौबाट आउनुहुने विशेषज्ञ चिकित्सकबाट सेवा शुभारम्भ गरिने पनि व्यवस्थापनले जनाएको छ । शुभारम्भको अबसरमा विशेष छुटको पनि व्यवस्था मिलाइएको छ ।
यस आरोग्यम कपाल छाला तथा यौनरोग उपचार केन्द्रकाे व्यवस्थापन आरोग्यधाम होमियोप्याथिक हस्पिटल प्रा लि पाेखराले गरेकाे व्यवस्थापक डा विष्णु चापागाईले जानकारी दिएका छन ।