छ्याङदी हाइड्रोपावरको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन २ गते २०७८ मा प्रकाशित



काठमाडौं, २ फागुन । छ्याङदी हाइड्रोपावर लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ । कम्पनीले माघ ११ गते १० कित्ता बराबर नयाँ तीन कित्ता सेयरको रेसियोमा हकप्रद सेयरकाे बिक्री खुला गरेको थियो ।

कम्पनीले एक सय रुपैयाँ मूल्य अंकित दरको ८ करोड ९३ लाख २ हजार ५०० रूपैयाँ बराबरको ८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

यसका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गरेको थियो । पुसको २० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा सेयर कारोबार भई कायम भएका सेयरधनीहरूले मात्रै हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको चुक्ता पूँजी ७६ लाख ७५ हजार रहेको छ । हकप्रद सेयर बिक्रीपछि चुक्ता पूँजी ३८ करोड ६९ लाख ७७ हजार ५०० पुग्नेछ ।

हकप्र द सेयरमा लगानी गर्नका लागि ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको लमजुङका शाखाहरु तथा सिआस्वा अनुमति लिएका बैंक तथ वित्तीय संस्थाहरूबाट आवेदन दिन सकिनेछ ।

हकप्रद सेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।