
साताको दोस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से ३ अंकले घटेको छ । साताको पहिलो दिन आइतबार १०० अंकभन्दा बढी माइनस भएर २ हजार ७ सय बिन्दुमा झरेको आज सोमबारको प्रि-ओपन सेसनमा ३.५२ अंकले घटेको हो ।
सो सेसनमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ०.२२ अंकले घटेर ५११.४४ अंकमा झरेको छ । १८ कम्पनीको ३ हजार ४६ कित्ता सेयर १७ लाख ६३ हजार ५५२ रुपैयाँमा किनबेच भएको हो ।
आइतबार नेप्से ३.६१ प्रतिशतले घटेर २ हजार ७ सय अंकमा झरेको थियो । सेयर कारोबार मापक नेप्से परिसूचक आज १०१.२४ अंकले घटेर २ हजार ७००.३२ अंकमा झरेको र ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १५.६२ अंकले घटेर ५११.६६ अंकमा झरेको थियो ।
आइतबार २२७ कम्पनीको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता सेयर ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँमा सेयर किनबेच भएको थियो ।








रूपन्देही, ९ मङ्सिर। सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका…
त्रिशूली (नुवाकोट), ९ मङ्सिर। भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको…
झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।… 




