
काठमाडौं, २ फागुन । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । आइतबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १९.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ३८ करोड ५१ लाख ८६ हजार २ सय रुपैयाँको १८.५२५ प्रतिशत अर्थात् २५ करोड ६६ लाख ५ हजार ७४३.५५ रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ ०.९७५ प्रतिशत अर्थात १ करोड ३५ लाख ५ हजार ५६५.४५ रुपैयाँको नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।
कम्पनीका अनुसार १९.५ प्रतिशत बोनसअनुसार आउने २७ करोड १ लाख ११ हजार ३०९ रुपैयाँ लाभांश वितरण गर्न लागेको जनाएको छ । बैठकले २५औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले लाभांश पारित गर्नेछ । बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्ने बताइएको छ ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




