प्रि-ओपन सेसनमा २ अंकले बढ्यो नेप्से, १६ लाखको कारोबार

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ फागुन । साताको तेस्रो कारोबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक २.३६ अंकले बढेर २ हजार ७०३.३४ अंकमा प्रवेश गरेको हो ।

नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि झिनो अंकले बढेको छ । प्रि-ओपन सेसनमा सेन्सेटिभ परिसूचक ०.०५ अंकले बढेर ५११.३५ अंकमा प्रवेश गरेको हो । सो सेसनमा १२ कम्पनीको सेयर उकालो लागेको हो भने २ कम्पनीको सेयर माइनसमा गएका छन् ।

प्रि-ओपन सेसनमा १५ कम्पनीको २ हजार ९६५ कित्ता सेयर १६ लाख ४४ हजार ९९५ रुपैयाँको सेयर खरिदविक्री भएको छ । साताको दोस्रो दिन झिनो अंकले उकालो लागेको बजार आज प्रि-सेसनमै उकालो लागेको देखिन्छ ।