धितोपत्र बोर्ड अध्यक्षको लागि ३ जनाको नाम सिफारिस

-



     सफल आवाज    
     फागुन ३ गते २०७८ मा प्रकाशित



काठमाडौं, ३ फागुन । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि ३ जनाको नाम सिफारिस भएको छ । छनोटका लागि गठित सिफारिस समितिले कृष्णराज पोखरेल, गोपालप्रसाद भट्ट र रमेशकुमार हमालको नाम सिफारिस गरेको हो ।

समितिले ५ जनाको अन्तर्वार्ता र प्रस्तुतीकरणपछि ३ जनाको नाम सिफारिस गरेको थियो । अन्तिम ५ मा परेका मध्येबाट निरज गिरी र खगेन्द्र कटुवालको नाम छनौटमा नपरेपछि पछि ३ जनाको नाम सिफारिस गरेको हो । अब मन्त्रिपरिषद्को बैठकले यी ३ जना मध्येबाट १ जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्ने छ । यससँगै करिब ५ महिनापछि बोर्डले नेतृत्व पाउने भएको छ । सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रबीच नेप्से र धितोपत्र बोर्डको भागबण्डा मिलेपछि धितोपत्र बोर्ड अध्यक्षमा पनि छिटो नियुक्ति हुने भएको हो ।

बोर्ड अध्यक्षको लागि १५ जनाको आवेदन परेको थियो । आवेदन दिनेमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल, रमेश घिमिरे, चिरन्जिवी चापागाई, डा. नवराज अधिकारी, अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सीताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल, निरज गिरी र हेमन्त बस्याल रहेका थिए ।