
काठमाडौं, ३ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढेको छ ।

एकदिन बिश्राम लिएको सुनको भाउमा यसदिन रुपैयाँ १२०० ले बृद्धि भएको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ ।
आईतबार एकैदिन तोलामा रुपैयाँ १५०० ले बृद्धि भएको सुनचाँदीको भाउ सोमबार स्थिर भएर कारोबार भएकोमा आज रुपैयाँ १२०० ले बढेर तोलाको ९६ हजार ७०० रुपैयाँ पुगेको छ । साेमबार छापावाला सुन ताेलाकाे ९५ हजार ५०० रपैयाँमा काराेबार भएकाे थियाे ।
तेजाबी सुन तोलाको ९६ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । साेमबार तेजाबी सुन ताेलाकाे ९५ हजार रपैयाँमा काराेबार भएकाे थियाे ।
महासंघका अनुसार चाँदीको भाउमा यसदिन रुपैयाँ २० ले बृद्धि भएर तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार चाँदीको भाउ स्थिर रहि तोलाको १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।








झापा, ९ मङ्सिर। पूर्वीनाका काँकडभिट्टास्थित मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिकमा राजस्व…
काठमाडौं, ९ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
झापा, ९ मङ्सिर। इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड…
काठमाडौं, ९ मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको तथा कोशी प्रदेशका… 




